वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ।

यसअघिनै दुई अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरूलाई इमेलबाट पठाइसकिएको छ।

दुबै अध्यक्षबीचमा सहमति जुटिसकेकोले आजै बैठक सक्ने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो।

साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै ओली इतरका नेताहरू आक्रोशित बनेका थिए।

साउन ३० गते विवाद समाधान गर्न कार्यदल बनेसँगै नेकपा विवाद समाधानको दिशामा गएको थियो।महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा राजनीतिक प्रतिवेदन तयार भएको हो।

कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता माधव नेपालको भने असन्तुष्टि रहेको छ।
तपाइलेDigital currency exchangersसोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु

यो पनी पढौ:
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar