गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरी भेटवार्ता


काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा मगर(वादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा राजदुत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालले हिजोबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको जानकारी दिँदै अमेरिकाबाट समेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताए ।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

अर्को प्रसंगमा गृहमन्त्री थापाले सरकारले बैशाखमा निर्वाचन घोषणा गरेको जानकारी दिँदै सबै पार्टीहरु निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

भेटमा राजदुत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्धले थप मजबुत हुने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रपति बाइडेनको प्राथमिकताबारे चर्चा गर्दै नेपालको लोकतन्त्र, मानवअधिकार, जलवायु परिवर्तन लगायतको क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने बताए । अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदुत बेरीले बताए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:चितवनमा पनि ओली वादल समूहकाे जनसभा: प्रधानमन्त्री र गृहमन्त्रीले सम्बाेधन गर्ने
विप्लवलाई राजनीतिक र प्रशासनिक दुबै तरीकाले नियन्त्रण गर्छौंः गृहमन्त्री राम वहादुर थापामगर’वादल’
जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar