हजारौको जनसभाले सरकारको संसद विघटनको कदम सही छ भन्ने जवाफ:गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’


गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ ले चितवनमा भएको हजारौको जनसभाले सरकारको संसद विघटनको कदम सही छ भन्ने जवाफ दिएको बताएका छन् ।

भरतपुरमा आज भएको जनसभालाई सम्बोधन गर्दै मन्त्री बादलले नजरले टाढा टाढासम्म उपस्थित जनतालाई ठम्याउन सकेको छैन भन्दै उनले जनसभाले पार्टीका अवसरवादीहरुलाई जवाफ दिएको बताएका हुन् । उनले भने, ‘ विराटनगरमा फुटवादीहरुले कथित केन्द्रीय समितिको बैठक राखेर प्रधानमन्त्रीलाई निस्कासन गरिसकेको बताए । प्रधानमन्त्रीलाई सडकबाटै पदबाट हटाउने भन्ने घोषणा गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने उनीहरु देशमा अस्थिरता चाहन्छन् । ’ उनले यो जनसभाले हामी देशमा अराजकता होइन शान्ति, सुशासन र स्थिरता चाहन्छन् भन्ने जवाफ दिएको बताए।

गृहमन्त्री बादलले संसद विघटनको जुन कदम उठ्यो , यो असंवैधानिक वा संवैधानिक हो यसको जवाफ आजको सभाले दिएको विचार राखे । उनले प्रचण्ड–माधव पक्षलेले देशमा समृद्धि होइन, अस्थिरता चाहने भएकोले प्रधानमन्त्रीलाई हटाउन खोजेको बताए । सरकारको नेतृत्वलाई अपदस्त गर्न चाहन्थे यही षडयन्त्रलाई विफल पार्नको लागि संसदको विघटन गरिएको उनले दाबी गरे । उनले भरतपुरको यो जनसभाले सरकारको कदम सही छ उत्तर दिएको बताए ।

उनले भने, ‘सरकारले उठाएका कदमहरु र विकास र समृद्धिको कदमहरुलाई यो जनसभाले अनुमोदन गरेको छ । सरकारले विकास गरेन भन्ने कदमको खण्डन गरेको छ । हामीले निर्वाचन जितिसकेका छौं ।’ उनले आउनोस् तपाइँहरु पनि निर्वाचनमा आउनोस् जनताको विश्वास जित्नोस् अनि प्रधानमन्त्री बन्नोस् । उनले भने, ‘मतपत्र च्यात्न आवश्यक छैन । तपाइँहरुले जनताको समृद्धिमा एकताबद्ध हुनोस् ।’ उनले आफ्नो गल्तीहरुलाई स्वीकारेर आत्मआलोचना गर्न अनुरोध गरे । उनले भने, ‘बादलले गद्दारी ग¥यो भनेर भन्दै छन् म भन्न चाहन्छु सरकारले हिजोका योद्धाहरुको बारेमा ऐतिहासिक निर्णय गरेको छ । सबै घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था गरेका छौं ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar