आफूलाई ‘लाल गद्दार’ भन्नेलाई गृहमन्त्रीको प्रश्न : आफू प्रधानमन्त्री हुँदा जनयुद्ध पीडितका लागि के गर्नुभो ?


गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई ‘लाल गद्दार’ भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्।

चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको जनसभामा बोल्दै ‘बादल’ले तीन जना प्रधानमन्त्री हुँदा जनयुद्धका पीडितका लागि गरेका कामहरूको विवरण सुनाउन चुनौती दिए।

उनले अहिलेको सरकारले जनयुद्धका योद्धा, घाइते, शहीद परिवारको व्यवस्थापन, संरक्षण, सम्मानको निम्ति ऐतिहासिक निर्णय गरेको दाबी गरे। उनले जनयुद्धमा सहभागी सबैले जीवन निर्वाह भत्ता पाउने व्यवस्था मिलाइएको समेत दाबी गरे। 

‘हामीले जनयुद्धका पीडितहरूलाई धोका दियौं, उनीहरूलाई बेवास्ता गर्‍यौं भन्ने आरोप लागेको छ। म यो मञ्चबाट ती युद्धका नाइकेहरूलाई के भन्न चाहन्छु भने तपाईंहरू प्रधानमन्त्री हुँदा ती युद्धका घाइते, शहीद परिवार, योद्धाका निम्ति के गर्नुभयो?’, प्रश्न गर्दै उनले भने, ‘तपाईंहरूले केही पनि गर्नुभएन। तपाईंहरूले आरोपमात्र लगाउनुभयो। मलाई गद्दारी गर्‍यो भनेर आरोप लगाएका छन्, म भन्न चाहन्छु यो सरकारको गृहमन्त्रीको हैसियतले ती हिजोका योद्धाका बारेमा महत्वपूर्ण निर्णय गरेको छ।’

उनले आफूले नभई पार्टीबाट चोइटिएर गएको समूहले जनयुद्धप्रति धोका दिएको आरोप लगाए।

आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन खोज्दा असफल भएर पार्टीबाट एक समूह चोइटिएको भन्दै गल्तीहरूलाई स्वीकारेर आत्मालोचना गर्दै पुनः पार्टीमा फर्कन उनले आह्वान गरे।

उनले प्रतिनिधिसभा विघटनलाई जनताले स्वीकार गरिसकेको दाबी गरे। आफूहरू सहभागी भएको कार्यक्रममा जनताको ठूलो उपस्थिति रहेको भन्दै उनले यो नै जनताले विघटनलाई स्वीकार गरेको प्रमाण रहेको बताए।

सडकबाट संसद घोषणा गरेर प्रधानमन्त्रीलाई हटाउने तयारी प्रचण्ड-नेपाल समूहले गरेको भन्दै उनले अस्थिरता र अराजकतातर्फ नभई शान्ति, सुशासन र स्थायित्व आवश्यक रहेको बताए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar