महान दशवर्षे जनयुद्धका नायक माननिय रामवहादुर थापा मगर’वादल’ गृहमन्त्री नै राजनेता हुन


गृहमन्त्री बादलले प्रारंभमै आमजनताको जीवनसंग जोडिएको सार्वजनिक यातायातको सिण्डीकेट तोडेकाले जनताको स्यावासी त पाए तर उनी यसैमा अलमलिएर बसिरहे भने बादल पनि नारायणहरि हुने छन् । जनताको मनमा सधैका लागि बास बस्ने इच्छा पूरा गर्नुछ भने आफू कुदेर होइन, डेढ लाख प्रहरीलाई सशक्त रुपमा रातदिन परिचालन गरेर उनले समाजमा शान्ति सुरक्षा कायम गर्न सक्नुपर्छ ।

बिसं २०१७ सालपछि फुटेको नेपाल कम्युनिष्ट पार्टी लगभग ६० वर्षपछि जुटेर पुच्छर छोड्ने निर्णय गरेका छन् । के अब नेकपा पुच्छर नभएको पार्टी बनेको विश्वास गर्न सकिन्छ ?

‘नामका वामपन्थी, कामका दक्षिणपन्थी’ कम्युनिष्टहरु बजारमा नभएका होइनन् तर औंल्याउन खोजीएको निर्वाचनमा पाएको भोट र संसदमा गरेको प्रतिनिधित्वको आधारमा ९८ प्रतिशत भन्दा बढी कम्युनिष्टहरु एउटै पार्टीमा समाहित हुनु भनेको एकै छानामूनि बसेर संभावना र समस्यावारे छलफल गर्न तयार हुनु हो । यसअर्थमा एमाले र माओवादी पार्टीको एकिकरण आशालाग्दो लोकतान्त्रिक शुरुवात हो । यो कति लोकतान्त्रिक हुन्छ, हेर्न बुझ्न र थाहा पाउन अब धेरै समय कुरिरहन पर्दैन ।

बामपन्थी भनिने कम्युनिष्टहरु एकैठाउमा बस्ने र विभिन्न धारहरुलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने विश्वासका साथ लोकतान्त्रिक पद्धतिमा चल्ने सहमतीले दक्षिणपन्थीहरुमाथि पनि प्रचण्ड दवाव सिर्जना गरेको छ ।

यसअघि कम्युनिष्ट पार्टीहरुको विभाजनले सधैं सत्ता सुमरिरहेकाहरु, यतिखेर रनभुल्लमा मात्र परेका छैनन्, उनीहरुका अभिव्यक्ति सुन्ने हो भने बेहोसीमै बर्बराई रहेको देखिन्छ । तिनीहरु होसमा भएका भए सुर र ताल नमिलेका भनाइहरु किमार्थ बोल्दै हिड्ने थिएनन् । हिजो सत्ताको तर मारिरहेकाहरुको के बेहाल नै भएको हो त ?
अस्वाभाविक हुनेहरुको हाल त देखियो, तर स्वाभाविक हुनेहरुको हाल पनि उत्साहजनक देखिदैन । भर्खरै अनेकबाट एक बनेको नेपाल कम्युनिष्ट पार्टीका पूर्व एमाले र माओवादीहरुभित्र पनि स्वाभाविकता देखिदैन । ‘बर्मा गए पनि कर्म संगै जान्छ बाबै’ भनेझैं स्थानीय, प्रदेश र संघीय संसदमा दुई तिहायी सदस्य भएको नवगठित नेकपा, देशभर सशक्त कार्यकर्ता र संगठित सदस्यहरु भएको सबैभन्दा ठूलो पार्टी पनि हो । सरकार झण्डै दुई तिहायी बहुमतको छ तर चुनौतिहरुको पहाड पनि त्यत्तीनै लम्बाइ, चौंडाइ, उचाई र मोटाइको देखिन थालेको छ ।

कसरी नेकपाले आन्तरिक रुपमा यतिधेरै सदस्य, कार्यकर्ता, नेता र समर्थकहरुको भीडलाई व्यवस्थित गर्ला ? कसरी तिनलाई एउटै लयमा अगाडि बढाउला ? एउटा नेता एकातिर र अर्को अर्कातिर अर्थात ‘लुकिङ्ग लण्डन, टकिङ्ग टोकियो’ नै बन्ने हुन् भने एउटै नेकपा बन्नुको के अर्थ भयो ? देशका समस्याहरुलाई यसैगरी भद्रगोल किसिमले कायमै राखिरहने हो भने परिवर्तनको के अर्थ ? के उपयोगीता ?
नेकपाको नेतृत्व अगाडि सबैभन्दा ठूलो चुनौति भनेकै सातवटा नदीहरु मिलेर बनेको हिजोआजको चोभार भएर बग्ने बागमती बन्ने कि सातवटा कोही मिलेर बनेको बिशाल सप्तकोशी बन्ने ? सवाल अगाडि तेर्सिएको छ । विगतको जस्तै अनेक स्वभाव, चरित्र, बानीबेहोरालाई निरन्तरता दिइरहने कि नयाँ विचार, व्यवहार र योजनाका साथ नीतिनियम पालना गर्दै अगाडि बढ्ने ?

एकदमै भिन्न बुझाइको बिचार र शैलीबाट शिक्षित, दीक्षित र परिचालित नेताहरुलाई एउटै नीति कार्यक्रमबाट परिचालन कसरी गर्ने ? कसरी सबैको शक्ति एकै ठाउमा लगाएर जुगजुग सम्म देशमा हुन नसकेका कामहरु गरेर छोटो समयमै देशलाई समृद्ध र आमनेपालीलाई सुखी बनाउने ?

गृहमन्त्रालयबाट शुरुवात गरौं !

यतिखेर देशको गृहमन्त्री छन्, रामबहादुर थापा मगर ‘बादल’ ! बादल त्यस्तो बहुचर्चित नाम हो, जो माओवादी जनयुद्धको समयमा पनि बहुतै सुनिन्थ्यो । माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिको बाटो अंगालेपछि पनि बादलको नाम चर्चामा रहिरहेकै हो तर पहिलो संबिधानसभापछि प्रधानमन्त्री प्रचण्डको पहिलो प्रधानमन्त्रित्वकालमा रक्षामन्त्री रहेका बादल सेनापति रुकमांगत कटुवाल हटाउने काण्डपछि सिनबाटै हराएका थिए ।

दशवर्षपछि तिनै बादल देशको सबैभन्दा सशक्त र आमजनताको जीवनमा प्रत्यक्ष सरोकार राख्ने गृहमन्त्रीको कुर्सीमा बिराजमान हुन आइपुगेका छन् । दशवर्षमा खोलो पनि फर्कन्छ भन्ने लोकोक्ति रहेको समाजमा बादलको पुनरागमन पहिले थाँतिरहेका कामलाई नयाँ सन्दर्भमा सम्पन्न गर्नका लागि हुनसक्छ ।

जिम्मेवारीको काम फत्ते गरेरै छाड्ने, काविल रणनीतिबाज, सेक्युरिटी सिष्टममा अब्बल मानिने बादल ढुंग्रो नलुकाई भन्ने हो भने उपयुक्त गृहमन्त्री हुन् । दुई दशकअघिका काबिल गृहमन्त्री र हालका प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डलका प्रभावशाली इतिहासको शक्ती साली गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ हुन् भन्दा कत्ति फरक पर्दैन पनि !
बादलमा सुम्पिएको जिम्मेवारी पूरा गर्न सक्ने क्षमता मात्र होइन कि काम पाएको दिनदेखि नै उनी सक्रिय पनि देखिएका छन् । प्रकृतिमा पनि बादल गृहमन्त्री बनेपछि पानी परेको प¥यै छ । समाजमा कायम गर्नुपर्ने शान्ति सुरुक्षादेखि सतहमा देखिएका अनगिन्ती समस्याहरु झिना मसिना नै किन नहोउन्, त्यसपछाडिका कारण उनले छर्लंगसंग बुझेको देखिन्छ । नत्र थोरै दिनमै उनले चालेका कदम यति प्रभावकारी र जनप्रिय किमार्थ हुने थिएनन् ।

बादलले चालेका अहिलेसम्मका चाललाई हेरेर के अनुमान गर्न सकिन्छ भने समस्याका भित्रसम्म गाडिएका जराहरुलाई नकाटेसम्म बाहिर पलाएका हाँगा काटेर मात्र गंभीर समस्याबाट देश र जनताले मुक्ति पाउन सक्दैनन् । जनताको ज्यूधनको सुरक्षा हुन सक्दैन ।
बिजुलीका कुलमान घिसिङ्गले देशमा वर्षौंवर्षदेखि जलविद्युतका सिण्डीकेटले गरेको लोडसेडिङ्गको अँध्यारोलाई जसरी उज्यालोमा रुपान्तरण गर्न सफल भए, त्यही अनुपातमा त नभनौं तर बसव्यवशायीको सिण्डीकेटलाई किनारामा धकेल्न बादलको सफलताले जनताको मन जित्नु पनि चानचुने कुरा होइन । यसले बादललाई आगामी दिनमा ट्रकवाला, हवाई उड्डयन, पेट्रोलियम ढुवानी, ट्याक्सी लगायत सिण्डिकेटलाई चिरफार गर्न अभिप्रेरित गरेको हुनुपर्छ । यसमा स्वयम् बादल र सरकारको उर्जा अवश्य खर्च हुने छ तर यी नगरी नहुने अवयव हुन् ।

पूर्व सोभियतसंघ पढेका बादललाई अवश्य नै थाहा हुनुपर्छ कि कुनै पनि आक्रमण गर्नु अगाडि आउने चुनौतिको समाधान गर्ने तयारी पूर्णरुपमा गरिसकेको हुनुपर्छ । बस व्यवशायीको सिण्डिकेट तोड्दा तयारीमा भएका केही कमजोरीले गर्दा नै अर्को रुपबाट तिनले टाउको उठाउन खोजेको आभाष जनताले गरेका छन् । किनभने बस सिण्डीकेटवाला अझै पूर्ण रुपमा निमिट्यान्न भैसकेका छैनन् । पछिल्ला केही उदाहरणले यसलाई संकेत पनि गरेका छन्, कालोधन र शक्तिको दुरुपयोग गरेर बेइमानी गर्ने दुष्प्रयत्न जारी नै छ ।

प्रहरीको ओभरहल गर !

गृहमन्त्री बादलले प्रारंभमै आमजनताको जीवनसंग जोडिएको सार्वजनिक यातायातको सिण्डीकेट तोडेकाले जनताको स्यावासी त पाए तर उनी यसैमा अलमलिएर बसिरहे भने बादल पनि नारायणहरि हुने छन् । जनताको मनमा सधैका लागि बास बस्ने इच्छा बादलको छ भने उनले आफू कुदेर होइन, डेढ लाख प्रहरीलाई सशक्त रुपमा रातदिन परिचालन गरेर समाजमा शान्ति सुरक्षा कायम गर्न सक्नुपर्छ ।

समाजलाई शान्तिसुरक्षाको प्रत्याभूत गराउदै देशमा अनुशासन कायम गर्न बादलले नेतृत्व गरिरहेका जनपद, सशस्त्र तथा गुप्तचर प्रहरीलाई इन्ट्याक्ट राख्नै पर्छ । प्रहरीभित्रको अराजकताबारे थाहा पाउन लाइन लागेर भ्रष्टाचारको कारवाहीमा जेलमा रहेका प्रहरी पूर्वप्रमुखहरुलाई नै हेरे पुग्छ । यसले प्रहरी भित्रको भ्रष्टाचारको घैंटोलाई छताछुल्ल पार्छ ।

पूरै प्रहरीको ‘¥याङ्क एण्ड फाइल’ भ्रष्टाचार, हत्याहिंशा, लुटपाट, लागुपदार्थ–सुन तस्करी, मानव वेचविखन जस्ता अपराधहरुमा नराम्ररी मुछिएको छ । यसले सकल प्रहरी जवानहरुको अनुहारमा कालोमोसो पोतेको छ । जसलाई पखाल्न प्रहरीभित्र प्रहरी भनेको के हो, पूरै ओभरहल नगरी बुझाउनै सकिदैन ।

यसकारण गृहमन्त्री बादल, प्रहरीमा भर्ना हुँदा दिएको तालिम, प्रशिक्षण लगायत सबै कुरा बदलिदो सन्दर्भमा काम नलाग्ने भएकोले संपूर्ण जनशक्तिलाई पुन समय सापेक्ष रुपमा प्रविधि, संचार, कार्यदक्षता र अनुशासनको तालिम दिएर अपडेट गर्नैपर्छ । यदि यसलाई समयमै तिमीले गर्न सकेनौ भने हे, बादल तिम्रा सपनालाई प्रहरीको भ्रष्ट, बेइमान र खलिखाएको जुंगे हबल्दारले देब्रेहात चलाएरै टुस बनाइदिनेछ ।

त्यसैले प्रहरीलाई आधुनिकीकरण गर्न ढिला नगर बादल ! यदि तिमी साँच्चौ सच्चा र खारिएका कम्युनिष्ट हौ भने चीनको तातोपानी नाकाको वा अहिलेको रसुवा गढी नाकाको पारीपट्टिको प्रहरी जस्तै चौविसै घण्टा अनुशासित भएर उभिने शालिक जस्तै प्रहरी बनाउन लाग, नकि पाइलै पिच्छे घुष नखाए ओरको सिन्को पर नसार्ने भारतीय प्रहरी ।

बादल तिमीलाई थाहा छ, खिया लागेको हतियारले च्याँग्रा पनि काट्न सकिदैन । त्यसैगरी दैनिक शारिरिक अभ्यास गरेको, अनुशासित, तनक्क आइरन गरेको सफा लुगा लगाएको, भान्छा, ट्वाइलेट चटक्क परेका सफा, प्रस्तुत हुँदा नरम तर काममा पोख्त र अपराधीहरुका लागि प्रहरी भन्ने वित्तिकै सातो जाने छवि भएको हुनुपर्छ । तर छिमेकी देशहरुको तुलनामा हाम्रो प्रहरीको छवि कत्ति राम्रो छैन ।
घरमा पालेको कुकुर त रातभर पुच्छर हल्लाएर हिंड्छ, घरको सुरक्षा गर्छ । कसैले छुसुक्क ग¥यो कि घुक्न थाल्छ । देशले यतिधेरै लगानी गरेर, तालिम दिएर सुयोग्य बनाउदै हातमा हतियार दिएका प्रहरीले रात होस कि दिन, अपराधीले साम्राज्य कायम गरेका ठाउमा गएर शान्ति सुरक्षा कायम गर्नलाग्नु पर्दैन ? अपराध भयो भनेर बोलाउदा पनि फोन नउठाएर बस्ने गैरजिम्मेवार प्रहरी हुनै सक्दैन । बोलाएपछि पनि एक घण्टापछि पुग्ने सत्य सेवा सुरक्षा हुन सक्दैन ।
आफ्नो ड्युटीको समयमा मोबाइल खेलाएर बस्ने, सार्वजनिक ठाउमा, ड्युटीमा रहेका बेला थुनुवाहरुका मान्छेहरुसंग बसेर रक्सी खाइरहेको प्रहरी ड्रेसमा भए पनि त्यो प्रहरी हुँदै होइन । उ त एकदमै चनाखो, सतर्क र आफ्नो जिम्मेवारीमा सजग जवान हो र हुनुपर्छ । तबमात्र सर्वसाधारण जनताको नजरमा उ वास्तविक प्रहरी हुनसक्छ ।

प्रहरी त्यस्तो निकाय हो, कसैले नबोलाउदा पनि अपराधीबाट हरेक नागरिकलाई सुरक्षा दिने राष्ट्रिय धरोहर पो हो । भुत्ते हतियार जस्तो प्रहरी हुनु देशकै लागि दूर्भाग्य हो । प्रहरी भनेको ल एण्ड अर्डरकै लागि दत्तचित्त हुनैपर्छ । यसमा लागेको खिया हटाउन लाग बादल, तिमी त दशवर्षे जनयुद्धका नायक हौ ! त्यसको इज्जत वादल कमरेडले पनि राखेनौ भने कस्ले राख्ला ? अरुत खोष्टाका वोक्रा हुन!

चुस्त हाइवे ट्राफिक

कुन देशको प्रहरी चुस्त र दुरुस्त छ भनेर थाहा पाउन गृहमन्त्रीलाई सोधिरहनै पर्दैन, जुन राजमार्ग भएर स्वदेशी र विदेशी हजारौं यात्रुहरु यात्रा गरिरहेका हुन्छन् त्यहाँका प्रहरीको व्यवहारबाट जो कसैले त्यस देशको प्रहरीको हैशीयत थाहा पाइहाल्छ । प्रहरीको व्यवहारले त्यो देशको सुशासनको अवस्थालाई छ्याँग पारिहाल्छ ।
हाम्रा हाइवेहरुमा हुने भद्रगोल, हेराफेरी, नियम कानूनको उलंघन, ट्राफिक जाम, सार्वजनिक यातायातको बेथिति, दूर्घटना र अपराधीहरुको बोलवाला बताइरहनै पर्दैन । यसमा सुधार नगरीकन हाम्रो यात्रा सुमधुर र सफल बन्नै सक्दैन । खाना खाने ठाउको सिण्डिकेट, सडक जाम, यात्रुहरुको नग्न लुटले नै कुन ठाउमा प्रहरीले सहजीकरण गरेर आवागमनलाई सहज बनाइदिन सक्छ, जगजाहेर छ ।

हाइवेबाट लंग रुटका बसहरु कतिवटा कहाँकहाँ जान्छन् ? कहाँ खाना खान्छन् ? कहाँ दिशापिसाव गर्छन् ? अनि हाइवेमा खाना खुवाउने गुणस्तरीय होटल कतिवटा छन् ? तिनको क्षमता कतिजनासम्मको छ ? यसको आधारमा प्रहरीले काठमाण्डौंबाट बाहिर जाने गाडीलाई थानकोटमा र बाहिरबाट आउने भए तत्तत् ठाउमा गाडीलाई यतिनम्बरको होटलमा खाना खुवाउने भनेर पास दिनुपर्छ ।
यसो ग¥यो भने होटलवाला पनि यतिजनालाई मैले खाना बनाउनु पर्छ भनेर तयारी गरेर बस्छ । भनौंन, दिनमा हजार गाडी जान्छन् र आउछन् र दुईसयवटा होटल छन् भने त्यसको आधारमा ब्रेकफाष्ट, लन्च र डिनरको टिकट दिएर गाडीको सहज व्यवस्थापन गर्न सकिन्छ।
यसोगर्दा एकै ठाउमा भीड हुनपाउदैन । यात्रुलाई दिशापिसाव गर्न सहज हुन्छ र होटल चलाउने व्यापारीलाई पनि हौसला हुन्छ । नियमको पालना नगर्नेलाई कडाइकासाथ कारवाही गर्नुपर्छ ।
जहाँसम्म हाइवेका होटलहरुको खानाको स्तर, सरसफाइ, होटलको क्षमताको सवाल छ, यो पनि यससम्बन्धी निकायका विशेषज्ञले एकरुपता ल्याउने गरी तालिम दिनुपर्छ । अनुगमन गर्नुपर्छ । यसो नगर्ने हो भने व्यवशायीले कर तिर्नुको, सवारीधनीले तिरो बुझाउनुको के सार्थकता रहन्छ ? नियम कानून उलंघन गर्ने, खानाको स्तर विगार्ने बासी सडेगलेको खुवाउने, सरसफाइ नगर्नेहरुको लाइसेन्स खोसेर कारवाही गर्नुपर्छ । अनि पो हाइवेमा अनुशासन कायम हुन्छ ।

जापानबाट फर्किएका एक मित्रले उतैको अनुभव सुनाएपछि उनलाई भनें– हेर मित्र, यस्तो ग¥यो भने यहाँ त अधिनायकवाद हावी हुन्छ भनिन्छ । ढुक्क होउ, उनले भने । यो पूरै लोकतान्त्रिक पद्धति हो ।

उनले थपे, जापानमा त डेड घण्टा गाडी चलाएपछि चालकले २० मिनेट आराम गर्नैपर्छ । चालकले ड्रेस, नाम र नम्बर ट्याग भिन्नै हुनुपर्छ । यात्रुले सहजै चिन्ने ड्रेस लगाएर मात्र ड्राइभरले हाइवेमा गाडी चलाउन पाउछ । यात्रुले दिशापिसावगर्ने, चिया चुरोट यही बेला खाने गर्छन् । यसोगर्दा तातेको गाडीले पनि आरामी पाउछ । गाडी पनि धेरै समय टिक्छ । यात्रुले पनि आरामीका साथ यात्रा गर्न पाउछन् । दूर्घटना भई मानवीय क्षति हुन पाउदैन ।

खै, हाइवे हस्पिटल ?
तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भयोः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
हाम्रा हाइवेहरुमा ट्राफिक नियमको कुनै पालना हुँदैन । न प्रहरीलाई मतलब छ, नत गाडी संचालकहरुलाई । एउटै ड्राइभरले दिनरातभर गाडी चलाउछ । गाडीको अवस्था, गतिको सिमा तोकिएको छैन । तोकिएको कागज देखाए पनि त्यसको पटक्कै पालना गरिदैन ।

चालकहरुको आँखाको जाँच, निद्रा पुगे नपुगेको, प्रेसर के छ ? जाँड, रक्सी, गाँजा, भांग खाएको छ कि छैन ? यी सबै जाँचेर मात्र हाइवेमा गाडी चलाउनु पर्छ । उलंघन गर्नेको लाइसेन्स पाँच वर्ष वा सधैका लागि खारेज गर्नुपर्छ ।
तर नियमको पालना नहुनाले अनाहकमा हरेक वर्ष हजारौं मानिसले अनाहकमा ज्यान गुमाउनु परिरहेको हुन्छ । यसका लागि नियमको पालना कडाइसाथ हुनुपर्छ । उलंघन गर्नेलाई कठोर दण्ड दिनैपर्छ किनभने एउटा ड्राइभरको हेलचक्राइका कारण सयौं यात्रुको अमूल्य जीवन धरापमा पर्छ ।
नपर्नु पर्ने दूर्घटनामा परेर धेरैको अनाहकमा ज्यान जाने मात्र होइन, समयमा उचित उपचार नभएर पनि धेरै यात्रुको इहलीला सकिन्छ । तत्काल उपचार गरेर मानिसलाई बचाउनु पर्छ ।

यसका लागि गृहमन्त्री बादलले ‘हाइवे एक्सिडेन्टल हस्पिटल’ बनाउने विशेष योजना ल्याए भने सर्बत्रबाट स्वागत हुनेछ । भनौंन, काठमाण्डौं मुगलिंग बीचमा, मुगलिंग पोखराको बीचतिर पायक पर्ने ठाउमा, पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउहरुमा कम्तिमा सय किलोमिटर भन्दा कम दुरीमा प्रत्येक ठाउमा ५० बेडका हस्पिटल खोल्ने योजना कार्यान्वयन गर्न लागि हाल्नुपर्छ । एम्बुलेन्स, स्टाफ, नर्स, डाक्टर, अक्सिजन, अपरेसन थेटर, औषधिको उचित व्यवस्था हुनुपर्छ । प्रत्येक यात्रु, चालकको बीमा गर्नुपर्छ ।
ग्याँस, पेट्रोल र एसिड बुलेट

राजमार्गमा धेरै थरि गाडीहरु गुड्छन् । तिनीमध्ये अहिलेसम्म खासै ध्यान नदिइकन अत्यन्त प्रज्वलनशील पेट्रोयिम पदार्थ बोकेका ट्याँकर, टनका टन ग्याँस बोकेका बुलेट र एसिड जस्तो खतरनाक पदार्थ बोकेका गाडीहरु पनि सामान्य रुपमा जहिलेसुकै गुडीरहेका, जहाँसुकै रोकिइरहेका, बास बसिरहेका देखिन्छन् । यिनबारे कहीकतै कुनै चासो वा ध्यान दिएको पाइदैन । तर यी पदार्थ बोकेका गाडीहरु यति संवेदनशील हुन्छन् कि केही गरी यी दूर्घटना भए वा यिनमा कसैले बद्नियत राखेर केही गरिदियो भने भयानक दूर्घटना निम्तिएर राजमार्ग छेउमा गाउ, बजार र अन्य सवारीसाधन ध्वश्त भइ धनजनको ठूलो क्षति हुन सक्छ । त्यसैले यस्ता विशेष गाडीहरु संचालन गर्दा कहाँ रोक्ने, कति बेला चलाउने, कहाँ पार्किंग गर्ने जस्ता कुरामा संबन्धित निकायहरुको विशेष ध्यान जाओस् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह प्रशासन सुधार र सुशासनतर्फ
१) गृहमन्त्रीले गत चैत १९ गते ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिको लागि शान्ति सुरक्षा र सुशासन’भन्ने मुख्य नारा रहेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गर्नुभयो । कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ ।

२) यातायातका क्षेत्रमा रहेको सिण्डिकेट तोड्नका लागि यातायात व्यवसायी समितिले संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयबाट हाल गैरसरकारी संस्थाका रुपमा गर्दै आएको दर्ता तथा नवीकरण कार्य रोक्नेसम्बन्धी गृहमन्त्रीस्तरीय निर्णय भएको र सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।

३) त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर नेपाल ल्याइएको भनिएको साढे तेत्तीस किलो सुन काण्डमा एक जनाको अपहरणपछि हत्या भएको घटनामा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो छानबिन जारी राखेको छ । सो क्रममा सुन तस्करीमा संलग्न ठूलो ¥याकेटको पहिचान हुन सफल भएको छ ।

४) बढी सार्वजनिक बिदा हुँदा कार्यअवधिका दिन घटेको तथा आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको विश्लेषणसहित गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । यस्तै कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडवाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गर्दै अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय भएको छ ।्

५) सरकारी नम्बर रहेका सेतो प्लेटका सवारी साधनलाई नियम विपरीत रातो नम्बर बनाई प्रयोग गर्नुका साथै दुरुपयोग भइरहेको गुनासोपछि गृह मन्त्रालयले त्यस्ता सबै सवारीसाधनलाई सेतो नम्बर प्लेट बनाउन दिएको निर्देशन कार्यान्वयनमा आइसकेको छ ।

६) शनिबार र अन्य बिदाका दिन सरकारी र संस्थानका गाडी जथाभावी प्रयोग भइरहेको र दुरुपयोग भइरहेको गुनासोलाई सम्बोधन गर्दे गृह मन्त्रालयले अत्यावश्यक अवस्थामा पास लिएरमात्रै बिदाका दिन त्यस्ता सवारी साधन चलाउन र पास नभएका सवारीलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई दिएको निर्देशन कार्यान्वयमा आइरहेको छ ।

७) प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन करारको मस्यौदा तयार भइसकेको छ । अब सोहीअनुसार प्रजिअको कामको आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटीको व्यवस्था हुनेछ ।

८) जिल्लामा शान्ति सुरक्षा, सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सिडियोलाई गृह मन्त्रालयले ३७ बुँदे निर्देशन जारी गरेको र सोहीअनुरुप हाल कार्य भइरहेको छ ।

९) गृहमन्त्रीले ट्राफिक व्यवस्थापनलगायत सडक यातायातका क्षेत्रमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम शुरु गर्नुभएको छ । ‘लोडसेडिङमुक्त नेपाल सम्भव भएझैँ, ट्राफिक जाममुक्त नेपाल’ पनि सम्भव रहेको भन्दै गृहमन्त्रीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गर्नुभएको हो । सोही विषयमा केन्द्रित रहेर विभिन्न मन्त्रालयका सचिव र उच्चअधिकारीको सहभागितामा गृह मन्त्रालयमा तीन चरणको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

१०) यातायात तथा ट्राफिक सुधारका सम्बन्धमा गृहमन्त्रीको अध्यक्षतामा गृह मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौँ महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुखलगायत सदस्य रहेको निर्देशन तथा अनुगमन समिति गठन गरेको छ । सो समितिले यातायात व्यवस्थापन र ट्राफिक जाम हटाउने विषयमा महत्वपूर्ण काम गरिरहेको छ । समितिले सडक तथा पुलको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही शुरु गरेको छ । यस्तै उपत्यकाभित्रका ‘जेब्रा क्रसिङ’ भएका ठाउँमा तत्काल रंगरोगन गरेर चिह्न राख्ने काम तीव्र गतिमा भइरहेको देख्न सकिन्छ ।

११) पर्साको सुगौली पर्तेवामा बलात्कारमा परेकी आठ वर्षीया बालिकाको स्वास्थ्य अवस्थाबारे गत फाुगन २५ गते राजधानीको ग्रीनसिटी अस्पतालमा पुगेर गृहमन्त्रीले जानकारी लिनुभएको थियो । सो क्रममा बालिकाको उपचारमा सम्पूर्ण सहयोग गर्ने गृहमन्त्रीको प्रतिबद्धताअनुरुप केही दिनपछि बसेको मन्त्रिपरिषद्को बैठकले बालिकाको उपचार खर्चबापत रु पाँच लाख दिने निर्णय गरेको थियो ।

१२) गृहमन्त्री बादलले भ्रष्टचार, तस्करी र अपराध नियन्त्रणका लागि आफूले अभियान शुरु गरेको भन्दै यसमा सबै पक्षलाई सहयोगका लागि सार्वजनिक रुपमा आह्वान गर्नुभएको छ । उहाँले यस्ता गतिविधिको सूचना गृहलाई उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको छ ।

१३) देशभर महिला हिंसाका घटना बढ्दै गएपछि तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई गृह मन्त्रालयमा बोलाएर बलात्कारका घटनामा शून्यसहनशीलता अपनाउन र यस्ता घटनामा मिलापत्र गराउनेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीले निर्देशन दिनुभएको थियो ।

१४) गृहमन्त्रीले आफ्नो सवारीको क्रममा अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा साइरन नबजाई सवारी चलाउन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

१५) गृह मन्त्रालयको योजनाअनुसार यही वैशाख २ गतेदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जिल्लाका सात स्थानमा मात्रै विरोध प्रदर्शनस्थलका रुपमा प्रयोग गर्न पाइने निर्णय गरेको छ । अन्य जिल्लाको हकमा समेत त्यस्ता स्थलको पहिचान गरी आवश्यक निर्णय गर्न गृहले निर्देशन दिएको छ ।

१६) गृह मन्त्रालय र सोअन्तर्गतका निकायको गुनासो सुनुवाइको लागि मन्त्रालयमा उपसचिव प्रमुख रहने गरी गुनासो व्यवस्थापन शाखा गठन गरिएको छ ।

१७) वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रण र विदेश जाने कामदारको स्वास्थ्य परीक्षणमा भइरहेको सिण्डिकेट अन्त्यका सम्बन्धमा गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टबीच बैठक सम्पन्न भई सोहीअनुसार कारबाही प्रक्रिया अघि बढेको छ ।

१८) संघीय सरकार र प्रादेशिक सरकारबीच शान्ति सुरक्षा र समन्वयका कार्यहरु सम्पादन गर्न मुलुकको आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेशका सम्बन्धमा गृहले निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइसकेको छ ।

१९) देशभर लागुऔषध दुव्र्यसनीको अवस्थाबारे छ वर्षअघि गृहले गरेको अध्ययन पुरानो भएको सन्दर्भमा वर्तमान अवस्थामा लागुऔषध दुव्र्यसनीको अवस्था र लागुऔषधको सञ्जालबारे अध्ययन गरी प्रतिवेदन तयार पार्न आवश्यक प्रक्रिया अघि बढेको छ ।
२०) घरेलु हिंसालाई नियन्त्रण गर्न मदिरा निरुत्साहित र नियन्त्रण गर्न जरुरी देखिएकाले मदिराको बिक्रीवितरण र प्रयोगसम्बन्धी कार्ययोजना बनाउने निर्णय भएको र कामसमेत अघि बढिसकेको छ ।

२१) पारदर्शीताको नीतिअनुरुप मन्त्रालयमा रु २५ हजार भन्दा बढी भएका खर्चको विवरण मन्त्रालयको वेसाइटमा राख्ने परिपाटीको विकास भएको छ ।

२२) गृह मन्त्रालय र सोअन्तर्गतका निकायको गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर १११२ लाई कार्यान्वयनको चरणमा रहेको छ ।

२३) नयाँ ढाँचाअनुसार मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम) अनुसार संगठन खाका तयार भइसेकको छ । यस्तै कर्मचारीको सदाचारको पद्धतिका लागि मस्यौदा निर्माण कार्य भइरहेको छ ।

२४) गृह मन्त्रालयका कामकारबाही कम्युटरमा आधारित बनाउन अटोमेशन प्रणालीको कार्यान्वयनका लागि प्रक्रिया अघि बढेको छ ।

२५) कर्मचारी सरुवाको वस्तुगत तथा न्यायसंगत मापदण्डको मस्यौदा तयार भएको छ । यस्तै केही कर्मचारी विदेश गइराख्ने र कोही जानै नपाउने गुनासो सम्बोधनका लागि सोसम्बन्धी पनि मापदण्डको मस्यौदा तयार पारिएको छ ।
२६) गृह मन्त्रालयले यसअघि पहुँचका भरमा जथाभावी आर्थिक सहयोग गर्ने गरेको आरोपलाई अन्त्य गर्न आर्थिक सहयोगसम्बन्धी मापदण्ड तयार भइरहेको छ । गृहमन्त्रीले कार्यभार सम्हालेयता बलात्कारमा परेकी एक बालिका र बम विष्फोटमा परी घाइते भएका दुई जनाले मात्रै यस्तो सहयोग पाएका छन् ।

२७) मन्त्रालयमा उपसचिव प्रमुख रहनेगरी शान्ति प्रवद्र्धन शाखा स्थापना गरी द्वन्द्वको क्रममा शहीद, बेपत्ता भएकाहरुको परिवार र घाइतेहरुको माग सम्बोधनलाई अघि बढाएको छ ।

शान्ति सुरक्षा र प्रहरीतर्फ
२८) गृहमन्त्री बादलले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई कार्यक्षमता र वरिष्ठताको आधारमा नियुक्तिका लागि सिफारिस गरेर महानिरीक्षक नियुक्तिमा यसअघि हुँदै आएको विवादको अन्त्य गरी सर्वमान्य निर्णय गराउन सफल हुनुभएको छ ।

२९) गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई ‘पिएसओ’का रुपमा राख्नेलगायतका गुनासो गृहमन्त्रीसम्म पुगेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका पूर्वपदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना, बहालवाला अतिविशिष्ठ एवम् पूर्वपदाधिकारीको सुरक्षार्थ निर्णय भए भन्दा बढी संख्यामा खटिएका ४५ जना प्रहरीलाई फिर्ता ल्याउन परिपत्र जारी गरिसकेको छ । बिना निर्णय सुरक्षामा खटिएका ४२ जनालाई यसअघिनै फिर्ता आइसकेका छन् ।

३०) गृहमन्त्रीले सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय चितवन, काठमाडौँ उपत्यकास्थित विभिन्न प्रहरी इकाईको स्थलगत निरीक्षण गर्नुभएको छ । सोही क्रममा तल्लो तहको प्रहरीको मनोबल बढाउने उद्देश्यसहित गत चैत ७ गते महानगरीय प्रहरी वृत्त, अनामनगरको प्रहरी मेसमा प्रहरी जवानसँगै बसेर गृहमन्त्री बादलले खाना खानुभयो । अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरीले रासनबापत पाउने रकम कम रहेको गुनासो हटाउन गृहमन्त्रीले आवश्यक पहल शुरु गर्नुभएको छ ।

३१) गुण्डागर्दी नियन्त्रण र तस्करी रोक्न सुरक्षा निकायको ‘स्पेशल टास्क फोर्स’ बनाउनेसम्बन्धी गृहमन्त्रीको निर्देशनअनुरुप फोर्स निर्माण प्रक्रिया शुरु भएको छ ।

३२) संघीय प्रहरी ऐन र स्थानीय प्रशासन ऐनको प्रारम्भिक खाका तयार भई त्यसबारेमा मन्त्रालयमा चरणबद्ध छलफलपश्चात ती ऐनको अन्तिम खाका बनाउन गृहकार्य भइरहेको छ ।

३३) केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्रीले सुरक्षा अवस्थाबारे जानकारी लिँदै आन्तरिक सुरक्षालाई सुदृढ बनाउन निर्देशन दिनुभएको छ ।

३४) आन्तरिक सुरक्षा नीति बनाउन यही वैशाख ३ गते गृहमन्त्रालयले कार्यदल गठन गरेको छ ।

३५) लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा, बढुवा रोकिएकोमा नयाँ महानिरीक्षक आएसँगै स्वच्छ र पारदर्शी ढंगले सोसम्बन्धी प्रस्ताव ल्याउन गृहमन्त्रीले महानिरीक्षकहरुलाई निर्देशन दिइसक्नुभएको छ ।

३६) गृहमन्त्री भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गरी गृहमन्त्रीले शान्ति, सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

३७) गत चैत महिनामा गृह मन्त्रालयमा गृहमन्त्री ‘बादल’सँग शिष्टाचार भेटवार्ता गर्न आउनुभएका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँगको भेटमा गृहमन्त्रीले काभ्रेको पनौतीमा भारत सरकारको सहयोगमा बन्ने भनिएको नेपाल प्रहरीको तालीम केन्द्रको काममा भइरहेको ढिलाइ हटाउन आवश्यक सहकार्य गर्ने विषयमा छलफल गर्नुभयो ।

कारागार
३८) गृहमन्त्रीले सुन्धारा, डिल्लीबजार कारागारमा गत चैत ६ गते तथा नक्खु कारागारको गत चैत ७ गते निरीक्षण गर्नुभएको थियो । कारागारको निरीक्षणपछि गृहमन्त्री बादलले कारागारको भौतिक संरचना निकै कमजोर रहेको, बासस्थानको राम्रो व्यवस्था नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको तथा जेललाई यातनागृहका रुपमा नभई सुधारगृहका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै आफूले त्यसका लागि तत्काल पहल गर्ने बताउनुभयो ।

३९) कारागार निरीक्षणलगत्तै गृह मन्त्रालयमा बैठक डाकी गृहमन्त्रीले समग्र कारागार सुरक्षा योजना १५ दिनभित्र तयार पारी पेश गर्न दिएको निर्देशनअनुरुप योजना तयार भइसकेको छ । बैठकले विद्यमान कारागार ऐन, नियम, कार्य्विधिमा समसामयिक सुधार गर्ने प्रक्रिया अघि बढाउँदै थुनुवाहरुको मुद्दा समयमै फैसला गर्नेतर्फ पहल गर्न, कारागार भवन परिसरभित्र ‘सिसिटिभी’ को अनुगमन गर्ने प्रणाली स्थापित गर्न, बिरामी कैदीको हकमा छुट्टै कारागारको व्यवस्था मिलाउनेसम्बन्धी निर्णय गरेको छ ।

४०) यसैगरी कैदीले हाल सिदा बापत पाउँदै आएको दैनिक रु ४५ कम भएको ठहरसहित त्यसलाई वृद्धि गरी रु ७५ पु¥याउने निर्णय गरी सोसम्बन्धी प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

४१) पुर्पक्षमा बसेका कैदीलाई अदालतसम्म लैजाने कार्य असहज हुने देखिएकाले पहिलो चरणमा बढी कैदी भएका कारागारमा ‘भिडियो कन्फ्रेन्स’ को काम शुरु भएको छ ।

४२) केही जेलर लामो समय एउटै कारागारमा बस्ने प्रथाको अन्त्य गर्न र जेलभित्र खराब आचरण भएका चौकीदार, नाइके र भाइनाइकेको देशव्यापी रुपमा नियमित सरुवा गर्न गृहमन्त्रीले दिएको निर्देशनअनुरुप कारागार व्यवस्थापन विभागले काम शुरु गरिसकेको छ ।

अध्यागमन
४३) गृहमन्त्रीले त्रिभुवन अन्तर्रा्ट्रिय विमानस्थल र त्यहाँ रहेको अध्यागमन कार्यालयमा चैत ७ गते आकस्मिक छड्के निरीक्षण गर्नुभएको थियो । सो क्रममा केही कमजोरी भेटिएपछि गृहमन्त्रीले तत्काल त्यसमा सुधार गर्न निर्देशन दिनुभयो । त्यस्तै विमानस्थलको सुरक्षा प्रभावकारी बनाउन विमानस्थल प्रहरीलाई निर्देशन दिनुभयो ।

४४) अध्यागमन सुधारकै क्रममा त्यहाँ रहेका केही कर्मचारीलाई गृहले उपत्यका बाहिरका जिल्लामा काज सरुवा गरेको छ । त्यहाँ अब कर्मचारी पठाउँदा उसको आचरणमा विशेष ध्यान दिइने छ ।

४५) गृह मन्त्रालयले अध्यागमन विभागमा गलत कार्य गर्नेहरुको सेटिङ तोडेपछि अहिले त्यहाँ गलत प्रवृत्तिका कर्मचारीहरुको रोजाइ बन्न छोडेको छ ।

४६) गृह मन्त्रालयमा गृहमन्त्री बादल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीबीच बैठक बसी विमानस्थलमा हुने गलत कार्यको अन्त्य, प्रहरी र कर्मचारीको आचरणमा सुधार, साथै नियमित अनुगनका लागि दुवै मन्त्रालयका सचिवले समन्वयमा काम गर्ने सहमति भएको छ ।

४७) अध्यागमनसम्बन्धी प्रतिवेदन तयार भई गृहमन्त्रीलाई हस्तान्तरण भइसकेको र सोहीअनुसार अध्यागमनको शुद्धीकरण र सदृढीकरण गरिने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनको तयारी भइरहेको सन्दर्भमा सोहीअनुसार अध्यागमन डेस्क सञ्चालनको तयारी भइरहेको छ ।

विपद् व्यवस्थापन
४८) गृहमन्त्री रामबहादुर थापा‘बादल’को अध्यक्षतामा गृह मन्त्रालयमा संघीय मामिला तथा सामान्य प्रशसनमन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, विभिन्न मन्त्रालयका पदाधिकारी र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा कार्यकारी समितिको पहिलो बैठक बस्यो । बैठकले आगामी मनसुनमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार पारी कार्यान्वयनमा ल्याउने तथा प्रदेश सरकारले आगामी दिनमा विपद्जन्य घटना रोकथाम, खोज तथा उद्धार जस्ता विषयमा तदारुकताका साथ परिचालन हुन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

४९) त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा गत फाुगन २८ गते युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै सबैभन्दा पहिले उच्च सरकारी अधिकारीको रुपमा गृहमन्त्री बादल घटनास्थलमा पुग्नुभएको थियो । उहाँले घटनास्थलमा पुगी तत्काल उद्धारलाई तीव्रता दिन त्यहाँ खटिएका सुरक्षाकर्मी र स्वयम् सेवकलाई निर्देशन दिनुभएको थियो ।

५०) विपद्को समयमा आवश्यक पर्ने सामग्रीको भण्डारणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायतास्थलको केही दिनअघि गृहमन्त्रीले निरीक्षण गर्नुभयो । उहाँले यस्ता स्थल सातै प्रदेशमा स्थापना गर्न दिएको निर्देशनअनुरुप काम शुरु भएको छ ।
जननायक नै गृहमन्त्री वादल नै हुन्
सत्तारुढ नेकपाको (ओली-वादल)समूहले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । अर्काे प्रचण्ड–नेपाल समूहलाई सभा के हो भनेर देखाउन ओली समूहले गरेको आमसभालाई शक्ति प्रदर्शनको रुपमा लिइएको हो ।
यही माघ ९ गते प्रचण्ड–नेपाल समूहले गरेको आमसभालाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले खिसिट्युरी गर्दै आजको आमसभा हेर्न र आमसभा भनेको के हो भन्ने बुझ्न भनेका थिए । प्रचण्ड–नेपाल समूहले जस्तै ओली समूहले पनि आज मुलुकका विभिन्न स्थानबाट कार्यकर्ता काठमाडौं ल्याएर शक्ति प्रदर्शन गरेको हो ।
ठूलो मात्रामा कार्यकर्ता उतारेर गरेको आमसभामा अध्यक्ष ओली, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा मगर (बादल)लगायतले सम्बोधन गरेका थिए । लाखौं मानिस सहभागी भएको सो समूहले दाबी गरेको छ ।
हरेक कार्यक्रम तथा सभामा नयाँ अभिव्यक्ति दिएर हिट हुँदै आएका प्रधानमन्त्री ओलीले आजको आमसभामा भने नयाँ कुरा केही बोलेनन् । यसअघि दिइरहेका अभिव्यक्तिलाई दोहोर्‍याएका प्रधानमन्त्री ओलीले नयाँ कुरा बोल्लान्की भन्ने धेरैले अनुमान लगाएका थिए, सोहीअनुसार सारा जनताले ध्यान दिएर आमसभा सुनिरहेका थिए । तर, ओलीले त्यस्तो नयाँ केही बोलेनन्, बरु गृहमन्त्री बादलले प्रचण्डलाई चिडियाखानामा लगेर थुनेर राख्ने चेतावनी दिए ।
केही समय अघि प्रचण्डले शाहाकारी आन्दोलनले केही भएन अब मांसाहारी आन्दोलन आवश्यक रहेको भन्दै युवाहरुलाई उत्तेजित बनाएका थिए । यही विषयलाई लिएर गृहमन्त्री बादलले प्रचण्डको नाम उच्चारण नगरी मांसाहारी आन्दोलन गर्नेलाई चिढियाखानामा लगेर थुनिदिने चेतावनी दिएका हुन् ।
गृहमन्त्री बादलले मांसहारी आन्दोलन गर्नु अपराधिक कार्य भएकाले यस्ता आन्दोलन गर्नेलाई चिडियाघरमा लगेर बन्द गर्नुपर्ने चेतावनी दिएका हुन् ।

१० वर्षे माओवादी युद्धका बेलाका आफ्ना सुप्रिम कमाण्डर प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने नाम उल्लेख नगरी चेतावनी दिँदै बादलले भने, ‘हाम्रो संविधानले मांसहारी आन्दोलन गर्नेलाई अपराध घोषित गरेको छ। हाम्रो कानुनले त्यसलाई अपराध घोषित गरेको छ। त्यसकारण ती मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा लगेर बन्द गरिनेछ।’
बादलको सो अभिव्यक्तिले पूर्वमाओवादीभित्र खैलाबैला मच्चिएको छ भने पूर्व एमालेको ओली समूहका नेताहरु खुसी भएका प्रचण्ड–नेपाल समूहका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।

‘कमरेड बादलको सो अभिव्यक्तिले हिजो ओली खेमाका नेताहरु खुसी भएका छन् । तर, प्रचण्ड–नेपाल समूहमा रहेका पूर्वमाओवादी नेताहरु भने निराश भएका छन्’, ती नेताले भने । नेकपाभित्रमात्रै होइन बादलको सो अभिव्यक्ति आममानिसबीच चर्चाको विषय मात्र नभएर वादल राजनेता नै बनेको छ ।

तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भयोः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
इतिहासका शक्तीशाली जननायक माननिय गृहमन्त्री वादल समर्थक
काँचो हतियार बोकेका महान १० बर्षे जनयुद्धको महासचिव,गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री, इतिहासका शक्तीशाली नेपाल सरकारका माननिय गृहमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सह-अध्यक्ष : रामवहादुर थापा मगर(वादल)ले तेस्रो जनअन्दोलन सुरू भएको बताएका छन्।

शुक्रबार नारायणहिटी संग्रहालय अगाडि आयोजित ओली नेतृत्वको नेकपाको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा मगर(वादल)ले तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भएको स्पष्ट गरेको बताए।

राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतिक सत्ता भएको भन्दै उनले आज यो राजनीतिक असाधारण स्थिति सत्ता प्राप्तिका लागि भएको बताए।

‘राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ,’ उनले भने, ‘समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन् ।’

उनले यो असामान्य परिस्थिति राजनितिक नेतृत्वको प्रश्नसँग जोडिएको दोहोर्‍याए।
मांसाहारी आन्दोलन गर्छाैं भन्नेलाई कारवाहि गरिनेछ- गृहमन्त्री रामवहादुर थापा मगर(वादल)
नारायणहिटी दरबारअगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टी अध्यक्षबाट र प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र राष्ट्रपतिलाई समेत अपदस्थ गर्ने षड्यन्त्र भएपछि अहिलेको परिस्थिति आएको बताएका हुन् ।

‘प्रतिगमनकारी र अवसरवादी तत्वले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि अहिले अस्थिरताको अवस्था आएको हो,’ वादलले भन्नुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar