कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्यायो : गृहमन्त्री रामवहादुर थापामगर(वादल)


गृहमन्त्री रामवहादुर थापामगर(वादल)ले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी समापन समारोहमा उहाँले सीमालाई अझ बढी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गरे ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जङ्गीअड्डा र सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजित उक्त गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका थिए । आन्तरिक छलफल र विज्ञबाट प्राप्त सुझावले सुरक्षासम्बन्धी नीति निर्माण र सीमा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव प्रस्तुत गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।

सो अवसरमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा सुरक्षालाई थप प्रभावकारी तुल्याउन विभिन्न विषयमा आधारित भई गरिएको कार्यक्रमले सीमा सुरक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटेर सुझाव र निष्कर्ष प्रस्तुत भएको बताए ।

शान्ति, द्वन्द्व र असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्ष र सम्बद्ध  विभिन्न निकायको भूमिकाका  विषयमा केन्द्रित रही कार्यक्रममा बृहत्तर र गहन छलफल भएको बताइएको छ । पहिलोपटक आयोजना गरिएको उक्त गोष्ठीबाट प्राप्त निष्कर्ष सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा र सरकारले उच्च प्राथमिकतामा राखेका विषयलाई चुस्त र थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, संशोधन, परिमार्जन एवं सुरक्षा व्यवस्थापनको व्यावहारिक पक्षलाई समेटेर समाधानका उपायका लागि सुझाव पेश गर्न आयोजित कार्यक्रम निकै फलदायी साबित भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृत र उच्च  सैनिक अधिकृत सहभागी थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar