नेकपा पार्टी भित्र पूर्वमाओवादी पेलियो परिस्थिति नभड्कियोस एकतावद्ध भएर दह्रो उपस्थिति जनाउ :वादल समुह


सातै प्रदेशमा पार्टी कमिटी समेत बनाउन चाहेका थियौँ। त्यसो गर्दा कति प्रतिशत हामीलाई दिने भन्नेमा बहस हुन्थ्यो र विधि बस्थ्यो। तर, त्यसो भएन। मिस्टेक भयो, अब एक भएर जानुपर्छ भनेर गृहमन्त्री र टोपबहादुर रायमाझीबीच सहमति भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा र उनको समूहको असन्तुष्टि चुलिँदै गएको छ। पार्टीभित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा थापा ओलीसँग असन्तुष्ट छन्।

त्यसमाथि ओलीले वामदेव गौतमलाई गृहमन्त्री बन्न प्रस्ताव राखेपछि थापाको समूहमा निराशा बढेको उनीनिकट नेताहरुले बताएका छन्। ओलीसँग दुरी बढ्दै गएपछि थापाले उर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि भेटेर छलफल गर्दै साथ खोजेका छन्।

माघ ६ गते भएको ओली पक्षको बागमती प्रदेशको पुनर्गठन र माघ २५ र २६ गते युवा संघको भेलामा एकलौटी गरिएको भन्दै थापा समूहका कार्यकर्ता आक्रोशित छन्।

ओली समूहअन्तर्गत बागमती प्रदेशको अध्यक्ष आनन्द पोखरेललाई बनाइएको छ। सचिव पद थापा पक्षलाई दिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका थिए। तर, पुनर्गठनका बेला ईश्वर पोखरेलनिकट धादिङका खेम लोहनीलाई सचिव बनाइएको छ।

‘थापानिकट राजकुमार श्रेष्ठलाई बागमती प्रदेशको सचिव बनाउने तयारी थियो। तर, अन्तिम अवस्थामा बनाइएन। जसले गर्दा साथीहरुमा निरासा छाएको छ,’ थापानिकट एक नेताले भने।

थापा समूह केन्द्रीय समितिमा पनि अत्यन्त कमजोर छ। ओलीले घोषणा गरेको एक हजार पाँच सय जनाको केन्द्रिय समितिमा थापा पक्षका केन्द्रीय सदस्य २२ जना मात्र रहेको ती नेताले बताए।

पार्टी विभाजनका बेला आफुलाई साथ दिँदै आएका नेताहरू सबै प्रचण्ड–नेपालतिर नै छाडेर ओली समूहमा लागेका थापाले तल्लो तहका कार्यकर्तालाई आफूतिर तान्न पद दिलाउने बाचा गरेका थिए। तर, अहिले एक जनालाई पनि बाचाबमोजिमको जिम्मेवारी उनले दिन सकेका छैनन्।

‘बादल दाइले जसरी पनि मिलाउँछु भन्नुहुन्थ्यो,’ बागमती प्रदेश सचिव बन्न नपाएका थापानिकट केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले मगरात नेपालसँग भने, ‘तर, नतिजा अर्कै आयो। यसले आशंका जन्माएको छ। सबै कुरा टुंगिसकेपछि उहाँले कसरी मिलाउनु हुन्छ?’

७७ वटै जिल्लामा गठन गरिएको भूमि समस्या समाधान आयोगको अध्यक्ष र विज्ञ सदस्यमध्ये एक पद आफूले पाउनुपर्ने थापाको अडान थियो। त्यसैअनुसार उनले ७७ वटै जिल्लाका नेताहरुको नामावाली पठाएका थिए।

तर, एकदुई जनाबाहेक कहीँ पनि थापा पक्षका नियुक्त नभएको श्रेष्ठले बताए।

‘प्रतिबद्धता जनाएको कुनै पनि स्थान नपाउने भएपछि साथीहरु कता कता लाग्छन् थाहा छैन। साथीहरुले गुनासो गरिराख्नुभएको छ,’ श्रेष्ठले भने।

अर्कोतिर युवा संघको विवादले ओली र थापाबीचको वैमनश्यलाई सतहमा ल्याइदिएको थियो।

माघको २५ र २६ गते थापा पक्षका युवाहरुको बहिस्कारबीच ओली पक्षले वचनबहादुर सिंहको अध्यक्षतामा युवा संघको कार्यसमिति पुनर्गठन गरेको थियो।

जसका कारण थापा पक्षले आफूहरु पेलिएको महसुस गरेको छ। युवा संघको विवाद अझै मिलेको छैन। आगामी स्थायी समितिको बैठकमा यो विवाद समाधान गर्ने नेताहरुले बताएपनि त्यसमा समेत युवा नेताहरु ढुक्क हुन सकेका छैनन्।

‘देशभर नेटवर्क बनायौं तर युवा संघ लगायतमा एकलौटी भएपछि साथीहरुमा निराशा छाएको साँचो हो,’ श्रेष्ठले भने।

तर, गृहमन्त्री थापा अहिले नै ओलीसँग भिड्ने अवस्थामा नरहेको उनी निकट केन्द्रीय सदस्य नवीन रोकामगर बताउँछन्।

‘अहिलेसम्मको गतिविधि हेर्दा पार्टीभित्र पेलिएको भन्ने केही प्रश्न उठेको छ। तर, परिस्थिति नभड्कियोस् भनेर अहिले नै आमनेसामने नभइ संयमता अपनाएको मात्र हो,’ केन्द्रीय सदस्य रोकामगरले भने, ‘आमनेसामने गर्दा कतिवटा पार्टी बनाउने? अहिले पार्टीभित्र प्राविधिक समस्या भएका छन्। मिलाउन सकिन्छ र मिल्छ।’

पूर्वमाओवादीबाट थापा सहित, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली पक्षमा लागेर मन्त्री बनेका छन्।

आफ्ना पक्षबाट यतिधेरै मन्त्री भएपनि पार्टीभित्र भने कमजोर अवस्थामा रहेको भन्दै नेताहरुले थापामात्र होइन रायमाझीसँग पनि गुनासो गरेका छन्।

‘संगठित रुपमा लड्न नसकेको देखिन्छ, कोही मन्त्री भए। तर, एक्लाएक्लै नेताहरु ओलीको पार्टीमा जान थालेकाले एजेन्डा एउटै बनेन र कमजोर जस्तो देखिएको छ,’ श्रेष्ठले भने।

थापालाई दैनिकजसो नेताहरुले भेटेर आफ्नो पक्षको रक्षा गर्न सुझाव दिँदै आएका छन्।

केहीदिन अघि उर्जामन्त्री रायमाझीलाई समेत भेटेर उनीहरुले पूर्वमाओवादीले एकतावद्ध भएर दह्रो उपस्थिति जनाउन सुझाव दिएको श्रेष्ठले बताए।

‘नेताहरु एक्लै जाने, मन्त्री हुने गर्दा हामी कमजोर भयौँ, पछिल्ला केही निर्णयहरुले सकारात्मक संकेत गरेका छैनन्, यो सच्चिनुपर्छ, पूर्वमाओवादी एक भएर नजाने हो भने समस्या पर्छ भनेर मैले सुझाव दिएको थिएँ,’ श्रेष्ठले थपे।

उनका अनुसार थापा र रायमाझीबीच पनि यस विषयमा कुरा भइसकेको छ।

‘मिस्टेक भयो, एक भएर जानुपर्छ भनेर पाँच दिन अघि गृहमन्त्री र टोपबहादुर रायमाझीबीच मिलेर जाने भन्ने भएको छ,’ उनले भने।

गृहमन्त्री थापा आफ्नो समूहअन्तर्गत देशभर युवा संघजस्तै संगठन बनाउन चाहन्थे। तर, उनले त्यसो गर्न सकेनन्।

‘सातै प्रदेशमा पार्टी कमिटी समेत बनाउन चाहेका थियौँ ’, श्रेष्ठले भने, ‘त्यसो गर्दा कति प्रतिशत हामीलाई दिने भन्नेमा बहस हुन्थ्यो र विधि बस्थ्यो। तर, त्यसो भएन।’

त्यस्तै, वरियताको विषयमा पनि थापा ओलीसँग चिढिएका छन्।

पूर्वमाओवादी खेमाको नेतृत्व गरेकाले आफूले दोस्रो वरियता पाउने उनको आशा थियो। प्रधानमन्त्री ओलीले नै थापालाई ईश्वर पोखरेलसँग समान वरियता दिने आश्वासन दिएका थिए।

‘तपाईं र ईश्वर पोखरेलको वरियता समान हुन्छ, मेरो दायाँ बायाँ रहनुहुन्छ,’ ओलीले दिएको वचन थापाले निकटस्थहरुसँग स्मरण गरेका थिए।

तर, अहिले उनी तेस्रो वरियतामा देखिन्छन्।

अर्कोतिर, ओलीले गत आइतबार वामदेव गौतमलाई भेटेर उपप्रधानसहित गृहमन्त्री बन्न प्रस्ताव गरेका छन्। गौतमले सो प्रस्ताव माने भने थापाले गृहमन्त्री पद छाड्नुपर्ने हुन्छ। जसका कारण थापा अझ सशंकित बनेका छन्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
गृहमन्त्री वादलको कडा निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता ३३ प्रतिशत बढ्यो
महान १० बर्षे जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री रामवहादुर थापा मगर(वादल) 
तेस्रो ऐतिहासिक जनआन्दोलन सुरू भयोः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar