प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।

शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी बिहीबार राजदूतहरू सिफारिस गरेपछि नेकपाभित्र असन्तुष्टि सिर्जना भएका छन्। प्रचण्ड निकटका नेताहरूका अनुसार, उनले ओलीप्रति आफ्ना असन्तुष्टि राख्नेछन्। आगामी सचिवालय बैठकमा यस बारेमा कुरा उठाउने कतिपय सचिवालय सदस्यले बताएका छन्।

यसैबीच, केही हप्तायता ओली-प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल भइरहेका छन्। केही दिन रोकिएको सो विषयको छलफलले पनि आज निरन्तरता पाउने प्रधानमन्त्री ओलीकाे सचिवालयले जानकारी दिएको छ।
तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल भएको स्रोतको दाबी छ। 

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:राजदुत नियुक्त सिफारिस नसच्याए दुर्घटना हुनसक्ने नेता भिम रावलको प्रधामन्त्री ओलीलाइ चेतावनी
मन्त्रीपरिषद् बैठकका १० निर्णयहरु विस्तृतमा
सरकारले राजदुत लगायत महत्वपुर्ण नियुक्तीहरु एकलौटी ढंगले गरेपछी नेकपा विवाद
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar