उज्यालो रोल्पा वन्दै जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनमगर ‘अनन्त’को पहलमा


रोल्पा । आगामी आर्थिक वर्ष २०७७/०७८ मा ९५ प्रतिशत रोल्पालीको घरमा बिजुली पुग्ने भएको छ । रोल्पा जिल्लाबाटै निर्वाचित भएका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’ कै पहलमा रोल्पामा उज्यालो अभियानले तिव्रता पाएको हो ।  विगतको राज्यसत्ताबाट पछाडी परेको यस जिल्लामा पछिल्लो समय विकास निर्माणले तिव्रता पाएसँगै स्थानियमा खुसी छाउन थालेको छ । जनयुद्धको तुफानी केन्द्र मानिएको रोल्पामा हाल करिव ५० प्रतिशत जनताले विद्युत उपभोग गरिरहेको नेपाल विद्युत प्राधिकरण रोल्पाको तथ्याङ्क छ ।  प्रायजसोः आफ्नो निर्वाचन क्षेत्रमा उदाइरहने बानी परेका मन्त्री पुन आफ्नै कार्यकालभित्र जिल्लाका शत प्रतिशत क्षेत्रमा बिजुली पुर्याउनेमा लागिपरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेटबाट २९  करोडको टेन्डरबाट पोल गाड्ने, तार तान्ने, काम भइसहेको छ । सो योजनाबाट रोल्पा जिल्लाका अधिकांश गाउँ गाउँमा पोल र तार तान्ने काम सकिएको नेपाल विद्युत प्राधिकरण रोल्पाले बताएको छ । अब रोल्पाका धेरै स्थानमा टान्सफर्मरमात्रै जडानको लागि बाँकी रहेको छ । उक्त ठेक्का त्रिपुरेश्वरी कन्ट्रक्सनको उद्योग (आर.के.) कम्पनीले लिमिटेडले जिम्मेवारी पाएको थियो । लाईन र पोलहरु जडान भएको स्थानमा विद्युतको करेन्ट दिन बाँकी रहेको छ । सो कम्पनीले १०० केभीएको ३३ वटा, ५० के.भी.को ४३ वटा ट्रान्सफर्मर रोल्पामा आईसकेको छ । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा ३२ करोडको ठेक्का रकमबाट २० वटा १०० केभिए, ३० वटा ५० केभिए ट्रान्सफर्मर नै आई सकेको छ ।  यस्तै गरी रोल्पा जिल्लाको विकासमा उज्यालोको विकासमा आर्थिक वर्ष ०७६÷०७७ मा ४० करोडको टेण्डरको भइसकेको छ । बाँकी रहेकोकामलाई सम्पादन गर्नका लागि आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट सम्पन्न गर्ने गरी योजना अगाडि बढाएको छ । रोल्पा जिल्लामा आगामी मंसिरसम्मा यी लाईनहरुमा विस्तार हुनेछन् । सो लाईन विस्तार भएमा रोल्पा जिल्लामा करिव ९० प्रशित जनताले विद्युत उपभोग गर्ने रोल्पा विद्युत प्राधिकरणका रोल्पाका केन्द्र प्रमुख श्यामकुमार शर्माले बताए । उनले भने, ‘रोल्पा जिल्लामा हाम्रो यी दुई वटा योजनाका काम पूरा भएमा जिल्लाका नागरिहरुले नै सेवा पाउनेछन् । हाल करिव ५० प्रतिशत रोल्पालीको पहँुचमा लाईन छ, त्यस योजनामा २०६÷०७७ को ४० करोडको टेण्डर यी सबै पूरा भएमा रोल्पा जिल्लाका ९० प्रतिशत जनताको पहुँच पुग्ने छ । यसले रोल्पा उज्यालो अभियानलाई पूर्णता दिनेछ ।’ यस्तै, रोल्पामा हाल २० हजार ग्राहक भएका छन् भने अब २० हजार ग्राहक थपिनेछन् । ऊर्जामन्त्री पुनले रोल्पा जिल्लामा भएको पत्रकार सम्मेलन सम्मेलनमा करिव ९० प्रतिशत जनताले विद्युतमा पहुँच पु¥याउने लक्ष्यमा पुग्न सकिने बताएका थिए । उनले रोल्पा जिल्लाका नागरिहरुलाई नै सेवा दिने उद्देश्ले नै कार्यलाई प्राथमिकता दिएको बताए । रोल्पा जिल्लाका विपन्न वर्गलाई पनि सेवा दिनुपर्ने उनको धारणा रहेको छ ।   रोल्पाका सबै घरधुरी र नागरिकालाई विजुली पुर्याउने योजनालाई नेपाल विद्युत प्राधिकरण रोल्पाले रोल्पाले ऊर्जा मन्त्री वर्षमान पुनमगरको पहलमै कार्य अगाडि बढाई रहेको बताउँदै उनको प्रतिवद्धतालाई पूर्णता दिने गरी काम गरिरहेको कुरा नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख श्यामकुमार शर्माले बताए । उनले भने, ‘माननीय ऊर्जा मन्त्री ज्यूको पहलमा नै रोल्पा र रोल्पालीलाई अध्यारोमुक्त बनाउने कार्यमा नै लागेका छौँ, यसलाई लक्ष्यमा पु¥याउने छाँै । यही बेला नै गर्ने हो, हामीले नै गर्ने हो । अब हामी मन्त्री ज्यूको साथ छ । हामी ढुक्क तरिकाले काम गरिहेका छाँै ।’ उनले रोल्पा जिल्लामा मंसिरसम्ममा विजुली बाल्नका लागि तयार गर्न सकिने भए पनि सडक भत्केको कारणले गर्दा नै अप्ठ्यारो भइरहेको बताउँदै सडकको कारणले गर्दा सामान ढुवानीमा समस्या भइरहेको बताए । सडक सुधारका लागि स्थानीयतहको सरकारसंग माग गरेका छन् ।  यस्तै निर्माण व्यवसायी त्रिपुरेश्वर कन्ट्रसन उद्योग प्रा.ली. (आरके) प्रतिनिधी नारायण लम्सालले आफूहरुलाई बजेट कुनै पनि अभाव नभएको बताउँदै मन्त्री र कार्यालयको पहलमा पुरा नै भएको बताउँदै अब काम तिव्रतामा गर्नका लागि आफूहरु तयार भएको बताए । आफूहरुले लिएको जिम्मेवारीलाई सही र समयमै सम्पन्न गर्न सकेमा राम्रो हुने कुरा बताए । रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका चिजबहादुर बिश्वकर्माले कामले तिव्रता पाको प्रतिक्रिया दिएका छन् । यस्तै माडी गाउँपालिका वडा नं. १ का अमरसिंह घर्तीमगरले पनि नेपाल विद्युत प्राधिकरणको काम युद्धको गतिमा अगाडि बढेको बताए ।  रोल्पा जिल्ला उज्यालो कार्यक्रम अन्तर्गत अबको यसै आर्थिक वर्षमा रोल्पा उज्यालो हुने मन्त्री तथा नेताहरुको बोली र विद्युत प्राधिरण रोल्पाले गरिहेको काम अनुसार पुग्छ कि पुग्दैन । तर रोल्पा जिल्लामा भौगलिक विकटता र बस्ती पातलो भएकोले कम जनसंख्या एवं घर धुरीमा लाग्न धेरै टाढा हुने भएको चुनौती थपिएको छ । सो चुनैतीको बीचमा पनि काम गरेमा सफलता भने पक्कै मिल्नेछ । रोल्पा जिल्लामा करिव गत आर्थिक वर्षसम्ममा १ अर्बको लगानीले रोल्पा झिलिमिली बन्ने भएको छ । अब बाँकी कार्य सम्पादनका लागि जति बजेट आवश्यक पर्दछ । त्यसको लागि ऊर्जामन्त्रीले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैले रोल्पा जिल्लाको नागरिकहरु खुशी बन्ने भएका छन् । त्यससँगै माडी जलासययुक्त आयोजना पनि तिव्र रुपमा अगाडी बढिरहेको छ । त्यो कामलाई पनि प्राथमिकताका साथ अगाडि बढेको छ । यसले रोल्पाको समृद्धीमा ईट्टा थप्ने छ । रोल्पा जिल्लामो करिव ५ वर्षमा विद्युतीय क्षेत्रको सेवा विस्तारलाई तीव्रता र युद्धस्तरमा विकासको गति पैदा भएको प्रमाणित नै हुन्छ । त्यसरी नै आगामी दिनमा पनि गरी रोल्पा र रोल्पालीलाई उज्यालो बनाउनुपर्दछ की ?
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar