अन्धकार नेपाललाइ उज्यालो नेपाल वनाउने (नेविप्रा)का कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ


नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई गरिएको छ। प्राधिकरणका कर्मचारीले मंगलबार घिसिङलाई बिदाई गरेका हुन्।कार्यक्रममा बोलेका प्राधिकरणका कर्मचारीले कुलमानलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिएका छन्।प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार कर्मचारीका तर्फबाट आज औपचारिक रूपमा घिसिङलाई बिदाई गरिएको हो।उनको चार वर्षे कार्यकाल हिजो सकिएको थियो। बिदाई कार्यक्रममा केहिबेरमा घिसिङ बोल्ने कार्यक्रम पनि रहेको प्राधिकरणका एक कर्मचारीले बताए।

कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठे पनि हिजो बसेको मन्त्रिपरिषद बैठकमा ऊर्जा मन्त्रालयबाट प्रस्ताव नै गएको थिएन।
सरकारले उनलाई पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्ने चर्चा चलिरहेका बेला उनले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नभएको बताए। उनले केही पनि विकल्परहित नरहेकोसमेत प्रष्ट पारे। 

‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो’, बिदाइ भाषणमा घिसिङले भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।’ 

घिसिङले प्राधिकरणमा आफू रहदा हिजोको भन्दा बढी काम भएको बताए। उनले कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाएको विषयको सम्झना गरेका छन्। ‘प्राधिकरणमा म नहुँदा नेतृत्व गर्न योग्य व्यक्ति हुनुहुन्छ। लिडरसीपले मोटिभेसन गर्नुपर्छ। हिजोको भन्दा हामीले केही राम्रो गरेका छौँ। त्यसको इन्टेन्सिप पाएका पनि छौँ। 

कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका छन्। अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर छ’, घिसिङले भने। बिदाइका क्रममा लिखित भाषण गर्दै घिसिङले आफूलाई सहयोग गर्ने सबैको सम्झना गरेका छन्। घिसिङ २०७३ भदौ २९ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन्। 

बिदाइ भाषणको क्रममा घिसिङले आफू कार्यकारी निर्देशक बन्दा वर्षातको समयमा ६ देखि ८ घण्टासम्म र अन्य समयमा १४ घण्टासम्म लोडसेडिङ भएको कुराको सम्झनासमेत गरेका छन्। 

‘म कार्यकारी नियुक्त भएर आउँदा देशमा वर्षातको समयमा ६ देखि ८ र अन्य समय १४ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। लोडसेडिङका कारण मुलुक कहालिलाग्दो अन्धकारले आकान्त थियो। प्राधिकरण घाटामा थियो भने ६३ प्रतिशत जनता मात्र विद्युतको पहुँचमा थिए’, घिसिङले ति दिन सम्झदै भने, ‘मलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्दा अध्यारो युगलाई उज्यालो बनाउने जिम्मेवारी दिएको थियो।’ 

भाषणको क्रममा घिसिङले २०७३ सालको लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य भएको घोषणा गरेको सम्झनासमेत गरे। उनले यो प्रयासले नै लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेकोसमेत प्रष्ट पारे। ‘२०७३ साल तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन विद्युत निरन्तर दिन सकियो’, उनले भने, ‘यो सफलताले हामी लोडसेडिङ अन्त्य गर्न सक्छौँ भन्ने आत्मविश्वास बढ्यो।’  
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपाको अन्तरपार्टी कडा निर्देशन-५, हेर्नुहोस पर्णपाठ
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar