नेकपा सचिवालय वैठक: मन्त्री मण्डल पुनर्गठन हुने निश्चित मापदण्डवारे छलफल


काठमाडौं- नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएपछि विभिन्न मापदण्डका विषयमा छलफल सुरु भएको छ। आइतबारदेखि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सोमबारसमेत सोही विषयमा छलफल हुने भएको छ।

विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले प्रदेश र संघीय सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेपछि सचिवालय बैठकमा छलफल सुरु भएको हो। प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठनका सम्बन्धमा सुझाव मागेपछि सचिवालय सदस्यहरुले आ-आफ्नो सुझाव दिएको महासचिव विष्णु पौडेलले बताए।

‘प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने छ। कसरी गर्दा ठिक हुन्छ? सुझाव दिनुस् भन्नुभयो,’ महासचिव पौडेलले भने, ‘सचिवालय सदस्य साथीहरुले आफ्नो सुझाव दिनु भएको छ। त्यही सुझावका आधारमा मन्त्रीमण्डल पुनर्गठन हुन्छ होला।’

मन्त्रीमण्डल पुनर्गठनका सम्बन्धमा नेताहरूले फरकफरक धारणा राखेको अर्का एक सचिवालय सदस्यले बताए। पहिलो मोडलमा प्रधानमन्त्री मात्रै राखेर सबै मन्त्रीलाई फालेर नयाँ मन्त्रीलाई जिम्मेवारी दिएर पुनर्गठन गर्नु पर्ने सुझाव दिएको छ। यस्तो गर्दा आम जनतामा नयाँ सन्देश जाने भएकाले काम गर्न सहज हुने सुझाव दिएको छ। दोस्रो मोडलको रुपमा मन्त्री भएको २ वर्ष पुगेकालाई बिदाई गरेर पुनर्गठन गर्नुपर्ने र तेस्रो मोडलको रुपमा रिक्त मन्त्रालयलाई मन्त्रीको जिम्मेवारी दिने विषयमा सुझाव दिएको ती सचिवालय सदस्यले बताए।

सोमबार बस्ने सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनकै सम्बन्धमा छलफल भई एउटा निष्कर्षमा पुगिने नेताहरूले बताएका छन्। सचिवालय बैठकबाट सबै नेताहरुको सुझावलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ परिवर्तन गर्न नसक्ने संकेत यसअघि नै गरिसकेका छन्। सबै मन्त्रीलाई हटाएर पुनर्गठन गर्नुपर्ने अवस्था आएपनि पोखरेल र थापालाई नहटाउने उनको मनशाय छ।

यस्तै निर्वाचन हारेर राष्ट्रियसभामा गएका प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमलाई समेत मन्त्री बनाउन नसक्ने अडान प्रधानमन्त्रीले दोहोर्‍याइरहेका छन्।

सोमबारदेखि सुरु भएको सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम र संवैधानिक नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेन्डा तय गरिएको थियो। तर, बैठकमा मन्त्रीमण्डल पुनर्गठनकै एजेन्डाले  बैठकमा धेरै समय लिएको ती सचिवालय सदस्यले बताए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपा सचिवालयको वैठक पेरिसडाडाम वस्दै संवैधानिक रिक्त पद ,संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठनमा छलफल हुने
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar